वीरगंज, २७ चैत। पर्सामा १२ वर्षीया नाबालिकाको बलात्कारको घटना प्रकाशमा आएको छ।
सखुवाप्रसौनी गापा–५ स्थित एउटा टोलमा कक्षा ५ मा पढने १२ वर्षीया नाबालिकाको दुईजना युवकले शरीर बन्धक बनाई जबरजस्ती करणी गरेको पीडित परिवारजनले बताएका छन्।
जबरजस्ती करणी गर्नेहरुमा छिमेकी रहेका २० वर्षीय लडडु यादव र २६ वर्षीय रुपेश यादव रहेको किटानी जाहेरीमा उल्लेख छ। रुपेश यादव पर्साको बहुदरमाई नगरपालिकाको डोकैला माविमा निमाविका स्थायी शिक्षकको रुपमा कार्यरत छन्।
पीडित नाबालिकालाई यही चैत १७ गते ललाइ–फकाइ गरी लडडु यादवको घरमा लगेको र अपराह्न साढे चार बजेपछि सोही गाउँको भगल यादवको घरमा लगेर राति ९ः३० बजेसम्म हातख्ट्टा बाँधी मुखमा टेप लगाई जबरजस्ती करणी गरिएको पीडित नाबालिकाले बताएकी छन्।
घटना भइसकेपछि प्रहरीमा उजुरी परेको र अनुसन्धानको क्रममा स्वास्थ्य परीक्ष्Fण गराउने क्रममा रिपोर्ट पोजेटिभ आएपछि चैत १९ गते मुद्दा दर्ता भएर अदालतबाट पक्राउ पूर्जी समेत जारी भइसकेको छ।
घटना भएको १० दिन बितिसक्दा पनि आरोपितहरु पक्राउ नपर्नु र पीडकको परिवारले पीडिताको घर परिवारलाई धम्क्याउने, मुद्दा हलुका बनाउन मिलापत्र गर्न लगायत दबाव र प्रलोभन दिइरहेका छन्।
पीडित परिवारले घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कानूनी कारबाहीको माग गरेको छ। यस विषयमा जिल्ला प्रहरी कार्यालय, पर्साका प्रहरी अधिकृतहरुसंग बुझ्दा मुद्दा दर्ता भएर अनुसन्धान भइरहेको र चाँडै आरोपितहरुलाई पक्राउ गरी कानुनी प्रक्रिया अगाडि बढाउने जनाएको छ। पटक–पटक हामीले महुवनको प्रहरी पठाउंदा मानिसहरु फेला नपरेको पर्सा प्रहरीले जनाएको छ।
नाबालिकाको बलात्कारको तीन दिनपछि गाउँमा बसेको पञ्चायती र मुद्दा मिलापत्र गर्न दिएको दबावले गर्दा नाबालिकाको करीब ८८ वर्षीय हजुरबुबाको हृदयघातले मृत्यु भएकोले गर्दा सो परिवार अहिले दोहोरो पीडामा डुबेको छ।









