अनौपचारिक रूपमा मन्त्रालय सम्हाल्दै आएका वैदिक ओझेलमा उद्योग मन्त्रीमा यादव नियुक्त

वीरगंज, २८ चैत –

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय लामो समयसम्म मन्त्रीविहीन अवस्थामा सञ्चालन भइरहँदा एक सांसदले अनौपचारिक रूपमा काम सम्हाल्दै आएको तथ्य सार्वजनिक भएको छ। त्यसपछि सरकार विस्तारसँगै सो मन्त्रालयको जिम्मेवारी गौरीकुमारी यादवलाई दिइएको छ।

प्रधानमन्त्री बालेन्द्र शाहले सुरुआती चरणमा उक्त मन्त्रालय आफैंसँग राख्नुभएको थियो। यसबीच राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुशान्त वैदिक नियमित रूपमा मन्त्रालयमा पुगेर सचिवालयस्तरका अधिकारीहरूसँग छलफल, नीति सम्बन्धी जानकारी लिने र आवश्यक सुझाव दिने कार्यमा सक्रिय रहेको बताइएको छ।

मन्त्रालयभित्रका विभिन्न महाशाखा, विभागीय निकाय तथा सरोकारवाला निकायहरूसँग समेत उनले समन्वय गर्दै आएका थिए। औपचारिक जिम्मेवारी नभए पनि मन्त्रालयको कामकारबाहीबारे उनी निरन्तर संलग्न रहेको स्रोतको दाबी छ।

यता मन्त्रिपरिषद् विस्तारपछि महोत्तरीबाट निर्वाचित सांसद गौरीकुमारी यादवलाई उद्योग मन्त्री नियुक्त गरिएको हो। उनीमार्फत अब मन्त्रालयको काम औपचारिक रूपमा अघि बढ्ने अपेक्षा गरिएको छ।

यस घटनाले सरकारी संयन्त्रमा अनौपचारिक भूमिकाको प्रयोग, पारदर्शिता र जिम्मेवारीको सीमाबारे नयाँ बहस सिर्जना गरेको छ।

सम्बन्धित पोस्टहरुः