कोल्हवीमा आगलागीले गहुँबाली सखाप, किसान मारमा

बाराको कोल्हवी नगरपालिका–१० आमवामा आगलागी हुँदा करिब १८ कठ्ठा गहुँबाली जलेर नष्ट भएको छ।

अचानक लागेको आगो तीव्र रूपमा फैलिँदा खेतमा रहेको सम्पूर्ण बाली सखाप भएको स्थानीयले बताएका छन्। घटनाबाट प्रभावित किसानहरूलाई ठूलो आर्थिक क्षति पुगेको छ।

स्थानीयको प्रयासमा आगो नियन्त्रणमा ल्याइएको भए पनि क्षति भने टार्न सकिएको छैन।

आगलागीको कारणबारे प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ।

सम्बन्धित पोस्टहरुः