पिएम बालेनसहितका नेताहरूलाई गाली गरेको आरोपमा युवक पक्राउ

वीरगंज, २९ चैत –

युट्युबमार्फत प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलगायतका नेताहरूविरुद्ध अपमानजनक तथा गालीगलौजयुक्त सामग्री प्रसारण गरेको आरोपमा पाँचथरमा एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा पाँचथरको फाल्गुनन्द गाउँपालिका–७ निवासी युट्युबर रोशन पोखरेल रहेका छन्। उनलाई नेपाल प्रहरीको साइबर ब्युरोको अनुसन्धानका आधारमा जिल्ला प्रहरी कार्यालय पाँचथरले नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार ‘Hades’ नामक युट्युब च्यानलमा प्रसारित सामग्रीका आधारमा उनलाई पक्राउ गरिएको हो।

पक्राउ परेका पोखरेललाई जिल्ला अदालत पाँचथरबाट १० दिनको म्याद थप गरी साइबर अपराधसम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डीएसपी अनिश कर्णले जानकारी दिएका छन्।

सम्बन्धित पोस्टहरुः