वीरगञ्ज – पर्साको वीरगञ्ज महानगरपालिका–१० मा बस्दै आएकी २० वर्षीया माही गुप्ताले आत्महत्या गरेकी छिन्। प्रहरीले दिएको प्रारम्भिक जानकारी अनुसार उनले आफ्नै कोठामा फाँसो लगाएर आत्महत्या गरेकी हुन्।
परिवार तथा स्थानीय स्रोतका अनुसार वैवाहिक जीवनमा देखिएको तनावका कारण उनले यस्तो चरम कदम चालेको आशंका गरिएको छ। आत्महत्या गर्नु अघि उनले सामाजिक सञ्जाल TikTok मा भावनात्मक भिडियोहरू पोस्ट गरेको पनि बताइएको छ।
माही गुप्ता मोडलिङ तथा टिकटक भिडियोमार्फत सामाजिक सञ्जालमा परिचित थिइन्। घटनापछि प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।









