कामदारमाथि कुटपिट गर्ने कुखुरा फर्मका सञ्चालक पक्राउ

वीरगंज, २९ चैत –

वीरगंज कुखुरा फर्मका सञ्चालकले कामदारमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका छन्।

वीरगंज–१७ निवासी ३० वर्षीय सकिन लाल देवानलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। उनले आफ्नै पसलमा कार्यरत २० वर्षीय नुर आलम देवानलाई लठ्ठीले कुटपिट गरेको भिडियो सार्वजनिक भएपछि प्रहरीले कारबाही अघि बढाएको हो।

भिडियोमा सञ्चालकले कामदारमाथि कुखुरा चोरीको आरोप लगाउँदै कुटपिट गरेको देखिएको छ। घटना बाहिरिएसँगै सामाजिक सञ्जालमा आलोचना बढेको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।

सम्बन्धित पोस्टहरुः