वीरगंज, ३० चैत –
विश्वभर बालबालिकाको डिजिटल पहुँच र सामाजिक सञ्जाल प्रयोगमा कडाइ बढ्दै गएको छ, तर नेपालमा यस विषयमा स्पष्ट नीति देखिएको छैन।
विभिन्न देशहरूले बालबालिकामा इन्टरनेट लत र मानसिक स्वास्थ्यमा परेको असरलाई ध्यानमा राख्दै उमेर सीमा र प्रयोगमा नियन्त्रण लागू गर्न थालेका छन्।
तर नेपालमा भने यसबारे पर्याप्त अध्ययन र नीतिगत पहल नहुँदा अभिभावक र विद्यालय स्तरमै चिन्ता बढ्दै गएको छ।
विशेषज्ञहरूका अनुसार समयमै नीति नबनाइए बालबालिकामा डिजिटल लत, व्यवहारिक समस्या र अध्ययनमा असर थप गम्भीर बन्ने जोखिम रहेको छ।









