बेङ्गा साह माविमा नयाँ भवन शिलान्यास

वीरगंज, ३० चैत ।
प्रसौनी गाउँँपालिका–२ स्थित श्री बेङ्गा साह माध्यमिक विद्यालय तथा पुस्तकालय भवन निर्माण कार्यको शिलान्यास गरिएको छ ।

 
नेपाल–भारत विकास सहकार्य अन्तर्गत भारतका वीरगंजस्थित महावाणिज्य दूतावासका महा वाणिज्यदूत देवी सहाय मीना र प्रसौनी गाउँँपालिकाका अध्यक्ष बिनोद प्रसाद जैसवालले संयुक्त रूपमा भवनको शिलान्यास गर्नुभयो।
भारत सरकारको अनुदान सहयोगमा करिब ४ करोड रुपियाँँ लागतमा निर्माण हुन लागेको उक्त परियोजना उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआईसीडीपी) अन्तर्गत सञ्चालन भइरहेको छ। यस परियोजनाअन्तर्गत तीन तले दुर्ई वटा भवन निर्माण गरिनेछन्, जसमा १२ वटा अतिरिक्त कक्षाकोठा, क्यान्टिन, भोजनालय, पुस्तकालय, कम्प्युटर तथा विज्ञान प्रयोगशालाहरू स्थापना गरिनेछन।
कार्यक्रममा बोल्दै महावाणिज्यदूत मीनाले यस परियोजनाले स्थानीय विद्यार्थीहरूका लागि गुणस्तरीय शिक्षामा पहुँच सहज बनाउने विश्वास व्यक्त गर्नुभयो। उहाँले एचआईसीडीपी कार्यक्रमलाई नेपाल–भारत विकास साझेदारीको महŒवपूर्ण अंगको रूपमा उल्लेख गर्दै शिक्षा, स्वास्थ्य तथा पूर्वाधार विकासमा भारत सरकारको निरन्तर सहयोग रहने बताउनुभयो।
कार्यक्रमको अध्यक्षता गर्दै गाउँँपालिका अध्यक्ष जैसवालले निर्माणाधीन भवनले स्थानीय शिक्षा क्षेत्रको गुणस्तर अभिवृद्धिमा महŒवपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो। उहाँले परियोजना समयमै सम्पन्न गरी प्रभावकारी रूपमा सञ्चालनमा ल्याउन गाउँँपालिकाले आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता जनाउनुभयो र भारत सरकारप्रति आभार व्यक्त गर्नुभयो।
कार्यक्रममा गाउँँपालिकाकी उपाध्यक्ष किरण देवी साह, प्रमुख प्रशासकीय अधिकृत नवीन कुमार श्रीवास्तव, स्थानीय जनप्रतिनिधि, शिक्षक, अभिभावक तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो।
हाल मधेश प्रदेशमा भारत सरकारले स्वीकृत गरेका ८७ वटा परियोजनामध्ये ६१ वटा सम्पन्न भइसकेका छन् भने २६ वटा कार्यान्वयनको चरणमा रहेका छन। तीमध्ये ५२ वटा परियोजना शिक्षा क्षेत्रसँग सम्बन्धीत रहेका छन। बारा जिल्लामा स्वीकृत ४ परियोजनामध्ये ३ वटा सम्पन्न भइसकेका छन् भने एक निर्माणाधीन अवस्थामा रहेको छ। 
सम्बन्धित पोस्टहरुः