बिहारमा सत्ता परिवर्तन, नीतिश कुमारको राजीनामा

वीरगंज, २ वैशाख –

भारतको बिहार राज्यका मुख्यमन्त्री नीतिश कुमारले पदबाट राजीनामा दिएका छन्। उनले राज्यपालसमक्ष राजीनामा बुझाउँदै नयाँ सरकारलाई पूर्ण सहयोग रहने बताएका छन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले आफ्नो कार्यकालमा कानुनको शासन, विकास र समावेशी नीतिमा काम गरेको दाबी गरेका छन्। शिक्षा, स्वास्थ्य, पूर्वाधार र कृषिमा उपलब्धि हासिल गरेको पनि उनले उल्लेख गरेका छन्।

नीतिश कुमार हालै राज्यसभामा निर्वाचित भइसकेका छन्। यसैबीच भारतीय जनता पार्टीले सम्राट चौधरीलाई दलको नेता चयन गरेसँगै उनी नयाँ मुख्यमन्त्री बन्ने भएका छन्।

चौधरीले नीतिश कुमारको योगदानको प्रशंसा गर्दै सुशासन र लोकतन्त्र सुदृढीकरणमा उनको भूमिकाबाट आफूले धेरै सिकेको बताएका छन्।

सम्बन्धित पोस्टहरुः