search

spot_img
spot_img

वीरगंज भन्सारद्धारा एक खर्ब ५७ अर्ब राजस्व सङ्कलन, लक्ष्यको ६० प्रतिशत मात्रै

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज, ८ साउन ।
वीरगंज भन्सारले लक्ष्यभन्दा झन्डै आधा मात्रै राजस्व सङ्कलन गरेको छ । गत आव २०७९/८० मा कुल लक्ष्यको ६०.२२ प्रतिशत मात्र राजस्व सङ्कलन गरेको भन्सार कार्यालयले जनाएको छ ।

वीरगंज भन्सारले गत आवको १२ महीनाको लागि दुई खर्ब ६० अर्ब ९७ करोड दुई लाख आठ हजार राजस्व लक्ष्य पाएकोमा मात्र एक खर्ब ५७ अर्ब १५ करोड ४९ लाख २२ हजार राजस्व सङ्कलन गरेको हो ।

यो रकम त्यो भन्दा अघिल्लो आव २०७८/७९ मा वीरगंज भन्सारले सङ्कलन गरेको राजस्वभन्दा पनि कम हो । अघिल्लो आव २०७८/७९ मा वीरगंज भन्सारले दुई खर्ब तीन अर्ब दुई करोड ५० लाख ३७ हजार राजस्व लक्ष्य पाएकोमा १०१ प्रतिशत अर्थात् दुई खर्ब चार अर्ब १२ करोड २७ लाख ५६ हजार राजस्व सङ्कलन गरेको थियो ।

अघिल्लो आवभन्दा गत आवमा ४६ अर्ब ९६ करोड ७८ लाख ३४ हजार कम राजस्व सङ्कलन भन्सार कार्यालयको तथ्याङ्कले देखाउँछ । वीरगंज भन्सारले गत आव २०७९/८० मा भन्सार महसूलतर्फ ९७ अर्ब ३४ करोड ६० लाख नौ हजार राजस्व लक्ष्य पाएकोमा ५७.५८ प्रतिशत अर्थात् ५६ अर्ब पाँच करोड १८ लाख १२ हजार, मूअकर (भ्याट)तर्फ ९८ अर्ब ३० करोड ७३ लाख ६० हजार लक्ष्य पाएकोमा ७१.२१ प्रतिशत अर्थात् ७० अर्ब ४२ लाख २२ हजार, अन्तःशुल्कतर्फ २६ अर्ब ८७ करोड ६२ लाख २४ हजार लक्ष्य पाएकोमा ३६.५० प्रतिशत नौं अर्ब ८१ करोड १० लाख ४३ हजार राजस्व सङ्कलन भएको वीरगंज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवालले जानकारी गराए ।

उनका अनुसार पूर्वाधार करतर्फ २१ अर्ब ४७ करोड ६२ लाख ४६ हजार लक्ष्य पाएकोमा ६६.४० प्रतिशत अर्थात् १४ अर्ब २५ करोड ९३ लाख ८८ हजार, कृषि सुधार करतर्फ दुई अर्ब एक करोड ३२ लाख २७ हजार लक्ष्य पाएकोमा ८०.११ प्रतिशत अर्थात एक अर्ब ६१ करोड २८ लाख ५४ हजार, भन्सार सम्बन्धी अन्य आय शीर्षकमा १३ करोड ८३ लाख ९५ हजार लक्ष्य पाएकोमा दुई करोड ८ लाख ५४ हजार, सडक मरम्मत तथा सुधार दस्तुरमा नौं अर्ब ५९ करोड ९४ लाख ५ हजार लक्ष्य पाएकोमा ३७.८३ प्रतिशत अर्थात् तीन अर्ब ६३ करोड १३ लाख ३७ हजार र सडक निर्माण तथा सम्भार दस्तुर चार अर्ब सात करोड ५७ लाख ९८ हजार लक्ष्य पाएकोमा ३४.०१ प्रतिशत अर्थात् एक खर्ब ३८ करोड ६० लाख ४१ हजारलगायत गरी १२ महीनामा एक खर्ब ५७ अर्ब १५ करोड ४९ लाख २२ हजार राजस्व वीरगंज भन्सारले सङ्कलन गरेको हो ।

भारत तथा तेस्रFे मुलुकबाट नेपालका लागि आयात गरिने मालवस्तुहरुको परिमाणमा भारी गिरावट आएपछि वीरगंज भन्सारको राजस्व सङ्कलनमा ह्रास आएको बुझिएको छ । विश्वमा चलेको आर्थिक मन्दीको कारण अमेरिकी डलरको सञ्चिति र नेपालको अर्थतन्त्रलाई बलियो बनाउनको लागि नेपाल राष्ट्र बैंकको नीति अनुसार विलासी वस्तुहरुको आयातमा कडाइ गरिएको छ भने मालसामान कच्चा पदार्थ वा टे«डिङ प्रयोजनको लागि ल्याउँदा व्यवसायीले आप्mनै खलतीबाट पैसा हालेर अर्थात् मार्जिनको नियम लागू भएपछि व्यवसायीहरु मालसामान मगाउन कम गरेका छन् ।

Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

सखुवाप्रसौनी गापाबाट १९३ बोरा रासायनिक मल छापा मारी बरामद

वीरगंज, २९ साउन । जिल्ला प्रहरी कार्यालय, पर्साले १९३ बोरा रासायनिक मल सखुवाप्रसौनी गाउँपालिकाबाट एकजनाको घरबाट लुकाइराखेको अवस्थामा बरामद...

सम्बन्धित खबर

- Advertisement -neelambads