वीरगंज, ५ वैशाख –
सर्वोच्च अदालतले नेपाली कांग्रेसभित्रको आधिकारिकता विवादमा गगन थापा पक्षलाई मान्यता दिँदै शेरबहादुर देउवा पक्षको रिट खारेज गरेको छ।
न्यायाधीशद्वय सारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासले विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिले राजनीतिक वैधता प्राप्त गरिसकेको, निर्वाचन आयोगको निर्णय कानुनी दायराभित्र रहेको तथा देउवा नेतृत्वको कार्यकाल समाप्त भइसकेको आधारमा रिट खारेज गरेको हो।
अदालतले आयोगको निर्णयमा कुनै कानुनी त्रुटि नदेखिएको उल्लेख गर्दै हस्तक्षेप आवश्यक नभएको ठहर गरेको छ। यससँगै थापा नेतृत्वको कार्यसमितिले आधिकारिकता पाएको छ।
यो फैसलासँगै करिब तीन महिनादेखि जारी कांग्रेसभित्रको विवाद कानुनी रूपमा टुङ्गिएको छ।








