भोजपुरी भाषा, साहित्यमा योगदान दिने व्यक्तित्वहरु सम्मानित

वीरगंज, ५ बैशाख । भोजपुरी प्रतिष्ठानले भोजपुरी भाषा, साहित्य, कला तथा संस्कृतिको संरक्षण र प्रवद्र्धनमा योगदान पु¥याएबापत विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरेको छ ।

शनिवार सम्मान तथा पुरस्कार वितरण कार्यक्रम रोयल पार्टी प्यालेसमा सम्पन्न भएको हो ।
प्रतिष्ठानका सल्लाहकार गोपाल अश्कको संयोजकत्वमा गठित तीन सदस्यीय छनोट समितिले गहन छलफलपछि वर्ष २०८२ का लागि विभिन्न विधामा योगदान पु¥याएका व्यक्तित्वहरूको चयन गरेको थियो। सोही अनुसार पं. दीपनारायण मिश्र अन्तर्राष्ट्रिय पुरस्कार भारत, झारखण्ड राँची निवासी साहित्यकार कनक किशोरलाई प्रदान गरियो भने उमाशंकर द्विवेदी राष्ट्रिय पुरस्कार बारा, कलैया उपमहानगरपालिकाका साहित्यकार राम प्रसाद साहलाई प्रदान गरिएको छ।
त्यसैगरी भोजपुरी राष्ट्रिय प्रतिभा पुरस्कार अन्तर्गत डा. शशिभूषण बरनवाल, मोतीउर रहमान, विकम साह, प्रतिमा चौधरी, गणेश परियार तथा लालमुनी देवी सम्मानित भए भने रोशन कुमार कलवारलाई प्रोत्साहन पुरस्कार प्रदान गरिएको थियो।
प्रतिष्ठानकी अध्यक्ष अनिता साहको अध्यक्ष्Fतामा भएको कार्यक्रममा वीरगंज महानगरपालिका प्रमुख राजेशमान सिंह, मधेस विश्वविद्यालयका उपकुलपति डा. दीपक शाक्यलगायतको सहभागिता थियो ।
कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख सिंहले भोजपुरी भाषा र संस्कृतिको संरक्षण आजको आवश्यकता भएको उल्लेख गर्दै यस्ता कार्यक्रमले समुदायको पहिचान जोगाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले स्थानीय सरकार सदैव भाषा, कला र संस्कृतिको संरक्षणमा प्रतिबद्ध रहने स्पष्ट पार्दै प्रतिभाहरूको सम्मानले नयाँ पुस्तालाई समेत प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा सांगीतिक प्रस्तुति तथा नृत्य प्रदर्शन गरिएको थियो ।
संस्थाका सल्लाहकार प्रमोद पाण्डेले स्वागत र कार्यक्रम सञ्चालन माधुरी महतोले गर्नुभएको थियो।

सम्बन्धित पोस्टहरुः