search

नयाँ ऐन अनुसार पर्सामा २५८१ जनाले पाए नयाँ नागरिकता

पढ्न छुटाउनुभयो ?

वीरगंज, ८ साउन । पर्सा जिल्लामा एक महीनाको अवधिमा जन्मसिद्ध नागरिकका २५८१ जना सन्तानले नागरिकता लिएका छन् ।

नयाँ नागरिकता ऐन अनुसार जिल्ला प्रशासन कार्यालय पर्साबाट एक महिनाको अवधीमा जन्मसिंद्ध नागरिकका २ हजार ५८१ जना सन्तानले बंशजको नागरिकता लिएको सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले बताएका छन् ।

नेपाल नागरिकता (पहिलो संशोधन) ऐन २०७९ लागु भएपछि जिल्ला प्रशासन कार्यालय पर्साले गत असार ८ गतेदेखि जन्मसिंद्ध नागरिकका सन्तानलाई बंशजको नागरिकता दिने प्रकृया शुरू गरेको थियो । असार ८ देखि प्रकृया शुरू गरि असार १० गतेदेखि नागरिकता वितरण शुरू गरिएकोमा साउन ७ गते आइतवारसम्म २ हजार ५८१ जनाले बंशजको नागरिकता लिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले जानकारी गराए । तीमध्ये पुरूष १ हजार ९६७ र महिला ६ सय १४ जना रहेको पौडेलले बताए ।

यसै अवधिमा ७ हजार ७८२ जना आवेदन दिएकोमा आइतवारसम्म २ हजार ५८१ जनालाई बंशजको नागरिताका वितरण गरिसकिएको सहायक प्रजिअ पौडेलले बताए ।

Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads