युवा अभियन्ता मनोज रामलाई सशस्त्र प्रहरीको सम्मान

वीरगंज , ७ वैशाख –

पर्सामा दलित बालिकाको शिक्षामा योगदान पुर्‍याउँदै आएका युवा अभियन्ता मनोज राम सशस्त्र प्रहरी बल
नेपालद्वारा सम्मानित भएका छन्। वीरगंजस्थित सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हे.क्वा. पर्साको १९ औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उनलाई कदरपत्र प्रदान गरिएको हो।

सशस्त्र प्रहरी नायब महानिरीक्षक कृष्ण ढकालले रामलाई सम्मान प्रदान गर्नुभएको थियो। राम ‘पिस फर दलित फाउन्डेसन पर्सा’का अध्यक्षका रूपमा सक्रिय रहँदै आएका छन्।

उनको पहलमा पर्साका विभिन्न ग्रामीण दलित बस्तीमा मुसहर समुदायका बालबालिकाका लागि निःशुल्क ट्युसन कक्षा सञ्चालन हुँदै आएको छ, जसले शिक्षा पहुँच विस्तारमा टेवा पुर्‍याएको छ।

सशस्त्र प्रहरी उपरीक्षक मोहनबहादुर क्षेत्रीका अनुसार दलित तथा सीमान्तकृत समुदायको उत्थान र सामाजिक सचेतनामा खेलेको भूमिकाको कदर गर्दै रामलाई सम्मान गरिएको हो।

सम्मानपछि रामले यसले आफूलाई अझ जिम्मेवार बनाएको बताउँदै सामाजिक क्षेत्रमा निरन्तर क्रियाशील रहने प्रतिबद्धता जनाउनुभयो।

सम्बन्धित पोस्टहरुः