वीरगंज महानगरको ९ महिनामा ४३ करोड ७४ लाख रुपैयाँ राजस्व संकलन

1200x150_1200x150-01.jpg (1)

वीरगंज , ७ वैशाख –

वीरगंज महानगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि चैतसम्म ९ महिनामा ४३ करोड ७४ लाख रुपैयाँ राजस्व संकलन गरेको छ। यो रकम गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको ३७ करोड ३३ लाख रुपैयाँभन्दा करिब ६ करोड रुपैयाँले बढी हो।

महानगरको राजस्व महाशाखा प्रमुख मनोज कर्णका अनुसार संकलनमा वृद्धि भए पनि लक्ष्यअनुसार प्रगति हुन सकेको छैन। चालु आर्थिक वर्षका लागि १ अर्ब ९० करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य राखिएकोमा ९ महिनामा २५ प्रतिशतभन्दा कम मात्र संकलन भएको उनले बताए।

गत आर्थिक वर्ष २०८१/८२ मा पनि महानगरले १ अर्ब ६० करोड लक्ष्य राखे पनि जम्मा ६५ करोड रुपैयाँ मात्र राजस्व उठाउन सकेको थियो। लगातार लक्ष्यभन्दा कम संकलन भइरहँदा वार्षिक लक्ष्य हासिल गर्न चुनौती थपिएको देखिएको छ।

भर्खरै

सम्बन्धित पोस्टहरुः