search

spot_img
spot_img

भारतबाट एक सय रूपैयाँभन्दा माथिका वस्तु ल्याउँदा कर लगाउने निर्णय संशाेधन गर्न आग्रह

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

काठमाडाैं । राष्ट्रिय एकता अभियानले नेपाल-भारत सिमानाकाबाट एक सय रुपैयाँ माथिका वस्तु ल्याउँदा आयात कर लगाउने निर्णय संशाेधन गर्न सरकारलाई आग्रह गरेकाे छ ।

अभियानका अध्यक्ष विनय यादवकाे नेतृत्वमा एक टाेलीले नेपाल सरकारका अर्थमन्त्री प्रकाशसरण महतलाई नेपाल-भारत सिमानाकाबाट एक सय रुपैयाँ माथिका वस्तु ल्याउँदा आयात कर लगाउने निर्णय संशाेधन गर्न आग्रह गर्दै ज्ञापन पत्र बुझाएकाे छ ।

सरकारकाे यस्ताे निर्णयले वाणिज्य क्षेत्र, उपभोक्ता हित र द्विपक्षिय सम्बन्ध लगायत विभिन्न क्षेत्रहरूमा अनपेक्षित प्रतिकूल परिणामहरू ल्याउन सक्ने ठहर अभियानले गरेकाे छ । बुझाइएकाे ज्ञापन पत्रमा भनिएकाे छ,’खुला सिमाना तथा रोटी बेटीको परम्परागत सम्बन्धले भारतसंग हाम्रो अन्योन्याश्रित सम्बन्ध छ । पूर्वदेखि पश्चिमको तराईका उपभोक्ताहरु दैनिक उपभोग्य वस्तुहरु भारतीय बजारबाट प्राप्त गर्छन् । १०० रुपैयाँ माथिका दैनिक उपभोग्य सामानहरूमा आयात कर लगाइएकोले तराईका लाखौं विपन्न परिवार भोकमरीको शिकार हुन सक्छन् । लाखौं युवाहरु बेरोजगार हुन सक्छन् ।

सिमा क्षेत्रको अवैतनिक सुरक्षामा योगदान पुर्याउने लाखौं तराइयनको जीवन नकारात्मक ढंगले प्रभावित हुन सक्छ।’ यस्तो निर्णयले अत्यावश्यक वस्तुहरूको मूल्य वृद्धि समेत हुने अभियानकाे भनाइ छ । ज्ञापन पत्रमा थप भनिएकाे छ,’आम जनताको क्रय शक्तिलाई असर गर्न सक्छ। विशेष गरी सीमित वित्तीय स्रोतहरू भएका नागरिकहरूमाथी झन बढी असर पर्न सक्छ।

उपभोक्तामाथिको यो बोझले जनतामा असन्तुष्टि र आक्रोश निम्त्याउन सक्छ। किसानहरु खेतिकाे लागि नेपालमा समय-समयमा रसायनिक मलकाे अभाव झेलनु र भारतबाट आफ्नाे खेति गर्नकाे लागि रसायनिक मल भारतबाट ल्याउन दिएन भन्ने अन्न उत्पादनमा कमि काे साथै गरिबी झन बढन जान्छ ।’ज्ञापन बुझाउने टोलीमा अभियानका वरिष्ठ नेता एबं संबिधान सभा सदस्य बिपी यादव, अभियानको राष्ट्रीय सम्मेलन तयारी समितिका महासचिव डॉ प्रभात कुशवाहा, सदस्य दिवस पटेल, चन्द्र यदुवंशी, पप्पू यादव समेत रहेका थिए।

Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

गोली प्रहारबाट एक जनाको मृत्यु

सर्लाही, ३१ साउन : सर्लाहीको हरिपुर्वा नगरपालिकामा गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ । हरिपुर्वा नगरपालिका–६, का ४५...

सम्बन्धित खबर

- Advertisement -neelambads