युद्धविराम सकिँदै, मध्यपूर्वमा तनाव पुनः चर्किने संकेत

वीरगंज , ८ बैशाख –

मध्यपूर्वमा हर्जुज जलमार्ग वरिपरि बढ्दो तनावबीच इरान र अमेरिकाबीचको अस्थायी युद्धविरामको समय भोलि सकिन लागेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम थपिने सम्भावना न्यून रहेको बताउँदै द्वन्द्व पुनः चर्किन सक्ने संकेत दिएका छन्।

इरानले पनि चेतावनी दिँदै युद्ध पुनः सुरु भए नयाँ र थप आक्रामक रणनीति अपनाउने जनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्। यसले क्षेत्रीय सुरक्षा अवस्था झन् जटिल बन्ने आँकलन गरिएको छ।

यसैबीच कूटनीतिक पहल जारी रहे पनि दुवै पक्षबीच अविश्वास गहिरिँदै गएको देखिन्छ। अमेरिकी उपराष्ट्रपति जेडी भान्स पाकिस्तान भ्रमणको तयारीमा रहेका छन् भने इरानले वार्ताका लागि प्रतिनिधिमण्डल पठाउनेबारे औपचारिक निर्णय सार्वजनिक गरेको छैन।

इस्लामाबादमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ। युद्धविराम सकिने समय नजिकिँदै जाँदा आगामी केही दिनले मध्यपूर्वको सुरक्षा अवस्था र विश्व राजनीतिमा महत्वपूर्ण प्रभाव पार्ने अनुमान गरिएको छ।

सम्बन्धित पोस्टहरुः