वीरगंज, ८ बैशाख ।
नव जनजागृति युवा क्लब सिमरालाई पराजित गर्दै एन्फा मकवानपुर पाँचौं परवानीपुर गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । परवानीपुर खेल मैदानमा मंगलवार अन्तिम क्वाटरफाइनलमा नव जनजागृति लाई ३–० ले पराजित गर्दै मकवानपुरले अन्तिम चारको यात्रा तय गरेको हो ।
मकवानपुरको जितमा सुजन गुरूङ, निमेश मोक्तान र रिजन लामाले एकरएक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा मकवानपुरले दोस्रो हाफमा तीन गोल गर्दै जित निकालेको हो ।
खेलको ५२औं मिनेटमा सुजनले गोल गर्दै टिमलाई अग्रता दिलाए । ५७औं मिनेटमा निमेशले अर्काे गोल थप्दै खेल २–० को स्थितिमा पुर्याए । खेलको ६७औं मिनेटमा रिजनले तेस्रो गोल थप्दा नव जनजागृति ३–० ले पछाडि पर्याे ।
खेलमा पाएका केही अवसर सदुपयोग गर्न नसक्दा नव जनजागृति हार आत्मसाथ गर्न बाध्य भयो । निमेश प्लेयर अफ दि म्याच घोषित भए । निमेशलाई नागमणी उपाध्यायले दुर्ई हजार एक सय नगदसहित पुरस्कृत गरे ।
प्रतियोगिता अन्तर्गत बुधवार आयोजक शक्ति युवा क्लब र वीरगंज युनाइटेड क्लबबीच पहिलो सेमिफाइनल खेल हुनेछ । मकवानपुरले भने दोस्रो सेमिफाइनलमा निजगढको सामना गर्नेछ ।
बैशाख १२ गते सम्म आयोजना हुने प्रतियोगितामा भारतसहित आठ वटा टिमको सहभागीता रहेको छ । प्रतियोगिताको विजेताले दुर्ई लाख र उपविजेताले एक लाख नगद प्राप्त गर्नेछन् । विधागततर्पm सर्वाेत्कृष्ट खेलाडीलाई पाँच हजार एक सय नगदसहित पुरस्कृत गरिनेछ ।