वीरगंज , ९ वैशाख –
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तामा रहँदा भएका कमजोरी र विकृतिको सजाय नागरिकले निर्वाचनमार्फत दिएको बताएका छन्।
काठमाण्डौमा आयोजित पार्टी स्थापना दिवस कार्यक्रममा बोल्दै उनले सत्तामा रहँदा पार्टीभित्र फोहोर जम्मा भएको स्वीकार गरे। नागरिकले घृणा नभई सुधारको अवसर दिएको भन्दै उनले आत्मसमीक्षाको आवश्यकता औंल्याए।
प्रचण्डले हालको राजनीतिक परिस्थितिलाई कम्युनिस्ट आन्दोलनका लागि “धक्का” भन्दै यसबाट पाठ सिकेर अघि बढ्न सके आन्दोलन अझ सुदृढ हुने बताए। उनले नागरिकले “नुहाइधुवाइ गरेर फर्कन” सिकाएको अर्थमा अहिलेको परिस्थितिलाई सुधारको अवसरका रूपमा लिनुपर्ने धारणा व्यक्त गरे।



