घरभाडा अत्यधिक बढाउने घरधनीप्रति वीरगंज महानगरपालिकाको गम्भीर ध्यानाकर्षण

वीरगंज, १० वैशाख । वीरगंज महानगरपालिका क्षेत्रभित्र पर्ने त्रिभुवन राजपथ विस्तारको क्रममा मुख्य सडकको घरहरू भत्किएको मौका छोपेर अन्य स्थानका घरधनीहरूले सम्झौता बमोजिम बहालमा बसिरहेका व्यवसायीसँग अत्याधिक भाडा बढाउन दबाव दिने, बढी भाडा पाईने लोभमा सम्झौता अगावै हटाउन खोज्ने, अनधिकृत रूपमा धरौटि माग गर्ने लगायतको कामहरू भइरहेको जनगुनासो प्राप्त भएपछि वीरगंज महानगरपालिका कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ ।

 
घर, कोठा, सटर र गोदाम आदि बहालमा लेनदेन गर्दा पक्षहरूबीच दबाबरहित र यथार्थ भाडा दर तय गरी– गराई सम्बन्धित वडा कार्यालयबाट प्रमाणित गराई सो सम्झौतापत्रको एक प्रति वीरगंज महानगरपालिका, नगर कार्यपालिकाको कार्यालय अन्तर्गत राजश्व व्यवस्थापन महाशाखामा अनिवार्य रूपले पेश गर्नुहुन महानगरपालिकाले सूचना प्रकाशन गरेको छ। 
साथै आपसी समझदारी बाहेक अभावको मौका छोपी बहालवालालाई दबाब दिई लेनदेन गरेको, यथार्थ सम्झौता बाहेक फर्जी सम्झौता पेश गरेको पाईएमा शुरू अवधिबाटै जरिवाना र प्रचलित कानुन बमोजिम थप कारवाहि गरिने राजश्व व्यवस्थापन महाशाखा प्रमुख मनोज कुमार कर्णले जनाएका छन् । 
सम्बन्धित पोस्टहरुः