वीरगंज , ११ बैशाख –
सम्भव सिरोहियाले कान्तिपुर मिडिया ग्रुपको प्रबन्ध निर्देशक पदबाट राजीनामा दिएका छन्। उनको राजीनामा बिहीबारदेखि लागू हुने गरी दिएको जनाइएको छ।
कान्तिपुरका अनुसार सिरोहियाले सबै कर्मचारीलाई सम्बोधन गर्दै पठाएको सन्देशमा पछिल्लो समय संस्थाले गरेको केही रिपोर्टिङप्रति असहमति जनाएका छन्। विशेषगरी सुधन गुरूङसम्बन्धी समाचारलाई लिएर उनले असन्तुष्टि व्यक्त गरेका हुन्।
राजीनामामा उनले प्रमाणित नभएका आरोपलाई सनसनीपूर्ण ढंगले प्रस्तुत गरिएको उल्लेख गर्दै आफूले विश्वास नगरेको पत्रकारितासँग जोडिएर नेतृत्व गर्न नसक्ने बताएका छन्।
यता कान्तिपुरले भने अनुसन्धानकारी निकायका स्रोतबाट प्राप्त सूचनाका आधारमा समाचार प्रकाशन गरिएको जनाएको छ।
सिरोहिया यसअघि कम्पनीका प्रमुख कार्यकारी अधिकृतसमेत रहिसकेका थिए भने २०८० असोजमा प्रबन्ध निर्देशक नियुक्त भएका थिए। उनीअघि उनका बुबा कैलाश सिरोहिया उक्त पदमा थिए।



