पूर्व नगर प्रमुख श्रीवास्तवको सफल बाइपास सर्जरी

वीरगंज , ११ बैशाख –

वीरगंजका पूर्व नगर प्रमुख तथा पूर्व मन्त्रि समेत रहेका विमल प्रसाद श्रीवास्तवको काठमाडौंस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा सफलतापूर्वक बाइपास सर्जरी गरिएको छ।

परिवारका अनुसार हिजो गरिएको शल्यक्रिया सफल भएको र हाल उनको अवस्था खतरामुक्त रहेको छ। मुटुमा चारवटा ब्लकेज देखिएपछि चिकित्सकहरूको टोलीले बाइपास सर्जरी गरेको हो।

उपचारमा संलग्न चिकित्सकहरूका अनुसार शल्यक्रिया सम्पन्न भएको केही घण्टापछि उनलाई होस आएको हो। आजदेखि बिरामीलाई एक जना आफन्तलाई भेट्न दिइने अस्पतालले जनाएको छ।

अस्पतालका अनुसार श्रीवास्तवको स्वास्थ्य अवस्था निरन्तर निगरानीमा राखिएको छ।

सम्बन्धित पोस्टहरुः