सरसफाइकर्मीको निधनमा महानगरद्वारा शोक बिदा घोषणा

वीरगंज , ११ बैशाख –

वीरगंज महानगरपालिकाले आफ्ना कर्मचारी सरसफाइकर्मी कृष्ण मेस्तर्नीको असामयिक निधनप्रति शोक व्यक्त गर्दै आज शोक बिदा घोषणा गरेको छ।

मेस्तर्नीको वैशाख ४ गते निधन भएको थियो। उहाँ २०६४ साल पुस ९ गतेदेखि महानगरपालिकामा स्थायी रूपमा कार्यरत थिए । महानगरपालिकाले दिवंगतप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ।

उनको सम्झनामा शुक्रबार बिहान १०:३० बजे महानगरपालिकाको प्राङ्गणमा शोकसभा आयोजना गरिएको थियो। कार्यक्रममा महानगर प्रमुखसहित प्रशासन प्रमुख शुनिल कुमार कर्ण र अन्य कर्मचारीहरूको सहभागिता रहेको थियो।

प्रशासन प्रमुख कर्णका अनुसार अत्यावश्यक सेवाबाहेक महानगरअन्तर्गतका सबै सेवाहरू आज बन्द रहनेछन्।

सम्बन्धित पोस्टहरुः