सडक विस्तारपछि सटर अभाव र भाडा वृद्धि, प्रशासन र महानगर कडाइमा

वीरगंज , ११ बैशाख –

वीरगंजमा मुख्य सडक विस्तारसँगै व्यापारिक गतिविधि प्रभावित हुँदा सटर अभाव र भाडा वृद्धि समस्या तीव्र बनेको छ। सडक डिभिजन कार्यालय हेटौँडाले मुख्य सडक क्षेत्रका संरचना हटाएपछि धेरै व्यवसायी विस्थापित भएका छन्।

सटर अभावका कारण नयाँ तथा पुराना व्यवसायी दुवै प्रभावित भएका छन् भने उपलब्ध सटरमा भाडा अस्वाभाविक रूपमा बढेको गुनासो छ। सहायक सडक क्षेत्रमा सर्ने क्रममा घर तथा कोठा भाडा समेत दोब्बर बढेको व्यापारीहरूको भनाइ छ।

यसैबीच वीरगंज महानगरपालिकाले अस्वाभाविक भाडा वृद्धि र जबरजस्ती विस्थापन रोक्न बजार अनुगमन कडा बनाइने र कानुनअनुसार कारबाही गरिने चेतावनी दिएको छ।

त्यस्तै जिल्ला प्रशासन कार्यालय पर्साले जोखिमपूर्ण तथा भत्काइएका घर–टहरामा व्यवसाय सञ्चालन नगर्न चेतावनी दिएको छ। सहायक प्रमुख जिल्ला अधिकारी विनोद कुमार पोखरेलका अनुसार यस्ता संरचनामा व्यवसाय गर्दा ज्यान जोखिममा पर्न सक्ने भएकाले तत्काल रोक्न आग्रह गरिएको छ।

सम्बन्धित पोस्टहरुः