घुसपैठ रोक्न वीरगंज नाकामा उच्च सुरक्षा

वीरगंज , ११ बैशाख –

वीरगंज नाकामा विदेशी नागरिकको सम्भावित घुसपैठ रोक्न सुरक्षाकर्मीले चेकजाँच कडा बनाएका छन्। खुला सीमाबाट अवैध प्रवेश हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै बिहीबारदेखि निगरानी र सुरक्षा जाँच तीव्र पारिएको हो।

भारतबाट नेपाल प्रवेश गर्ने मुख्य नाका शंकराचार्य प्रवेशद्वारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र अध्यागमन कार्यालयको संयुक्त टोली परिचालन गरिएको छ। सहायक प्रमुख जिल्ला अधिकारी विनोद कुमार पोखरेल का अनुसार विदेशी यात्रुको कागजात जाँच, विवरण अभिलेखीकरण र निगरानी कडाइका साथ भइरहेको छ।

जिल्ला प्रशासन कार्यालय पर्सा ले सीमावर्ती क्षेत्रका बासिन्दालाई शंकास्पद गतिविधि देखिए तत्काल जानकारी गराउन अपिल गर्दै सुरक्षा सहयोग गर्न आग्रह गरेको छ। साथै अवैध सीमा पार गर्ने गतिविधिमा संलग्न पाइए कानुनअनुसार कारबाही हुने चेतावनी पनि दिइएको छ।

यसैबीच धार्मिक भेला ‘इज्तिमा’ लाई लिएर सम्भावित अवैध प्रवेशको आशंका उठेपछि सुरक्षा कडाइ थपिएको प्रशासनले जनाएको छ।

सम्बन्धित पोस्टहरुः