जीतपुरसिमरा उपमहानगरपालिकालाई सिमराको सटर खाली गराउने बाटो खुल्यो

बीरगञ्ज १२ बैशाख।
जीतपुरसिमरा उपमहानगरपालिकाले सिमरा स्थित रहेको नगर अस्पताल र रामजानकी मन्दिर आसपासका सटरहरू बैशाख ६ गतेभित्र खाली गराउन जारी गरेको सूचनाविरुद्ध व्यवसायीहरूले उच्च अदालत वीरगञ्जमा दायर गरेको मुद्दामा अदालतले आज अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।
यसअघि अदालतले बैशाख ११ गतेसम्मका लागि अल्पकालीन निषेधाज्ञा जारी गर्दै सूचनाको कार्यान्वयन रोक्न आदेश दिएको थियो। तर बैशाख ११ दुवै पक्षको बहस सुनेपछि अदालतले अन्तरिम आदेश दिन आवश्यक नदेखिएको ठहर गर्दै अन्तरिम आदेश जारी नहुने भन्दै आदेश सुनाएको छ । अदालतको यस निर्णयसँगै अब उपमहानगरपालिकालाई ती सटरहरू खाली गराउने प्रक्रिया अघि बढाउन कानुनी बाटो खुला भएको छ।

सम्बन्धित पोस्टहरुः