नारायणी अस्पतालको मेसुमा डा उपाध्याय

वीरगञ्ज । नारायणी अस्पताल को मेडिकल सुपरिटेन्डेन्ट (मेसु) मा डा. मदन उपाध्याय लाई पठाइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय ले मन्त्री निशा मेहता को निर्णयअनुसार उच्च तहका अधिकारीहरूको जिम्मेवारी हेरफेर गर्ने क्रममा उनलाई उक्त जिम्मेवारी दिएको हो।

हाल मन्त्रालयको परिवार कल्याण महाशाखा प्रमुखका रूपमा कार्यरत रहेका डा. उपाध्याय यसअघि पनि नारायणी अस्पतालको मेसु भइसकेका छन्। विशेषगरी कोभिड–१९ को दोस्रो लहरका बेला उनले सो जिम्मेवारी सम्हालेका थिए।

यसअघि वैशाख ३ गते मन्त्रालयले डा. चुमनलाल दास लाई मेसुमा पठाउने निर्णय गरेको थियो। तर पछिल्लो मन्त्रीस्तरीय निर्णयअनुसार उनलाई सार्क क्षयरोग केन्द्र मा सरुवा गरिएको छ।

सम्बन्धित पोस्टहरुः