सुकुम्वासी बस्तीमा डोजर, तस्विरमा हेर्नुहोस प्रहरीको भूमिका

वीरगंज , १ २ बैशाख –

थापाथली स्थित बागमती नदी किनारको सुकुम्वासी बस्तीमा आज बिहान डोजर चलाएर अनधिकृत संरचना हटाइएको छ।

सुरक्षाकर्मीको बाक्लो उपस्थितिमा बिहान साढे ८ बजेदेखि सञ्चालन गरिएको अभियानमा अधिकांश बासिन्दाले हिजो नै बस्ती खाली गरिसकेका थिए भने केहीले आज बिहान सरसामान हटाएका थिए। डोजर चलाउँदा कुनै अवरोध नभए पनि केही परिवार अझै सडक छेउमा सामानसहित अलपत्र अवस्थामा छन्।

सरकारले ‘वास्तविक’ सुकुम्वासीको पहिचान गरी अस्थायी रूपमा विभिन्न स्थानमा पुनर्स्थापना गर्ने तयारी गरेको छ। नागार्जुन, कीर्तिपुर, बोडे, खरीपाटी र चाँदबाग क्षेत्रमा बसोबासको विकल्प प्रस्ताव गरिएको छ भने प्रारम्भमा प्रभावितलाई दशरथ रंगशाला लगिने जनाइएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौं ले हटाइएकाको पहिचानपछि आवश्यक व्यवस्थापन गरिने जनाएको छ। यस्तै सुनिता डंगोल ले अनधिकृत संरचना हटाउने क्रममा मानवीय संवेदनामा विशेष ध्यान दिइने बताएकी छ ।

सम्बन्धित पोस्टहरुः