ज्यान मुद्दामा जिसस पर्साका सभापतिसहित ५ जनालाई पक्राउ गर्नु अनुमति

वीरगंज , १२ बैशाख –

पर्सामा ‘ज्यान मार्ने उद्योग’ मुद्दामा निरञ्जन प्रसाद सोनार सहित एकै परिवारका पाँच जनाविरुद्ध पक्राउ अनुमति जारी भएपछि राजनीतिक तथा प्रशासनिक वृत्तमा हलचल मच्चिएको छ।

पर्सा जिल्ला अदालत ले मिति २०८३/०१/०७ मा जिल्ला प्रहरी कार्यालय पर्सा का नाममा पक्राउ पुर्जी जारी गर्दै उनीहरूलाई तत्काल नियन्त्रणमा लिन आदेश दिएको हो। तर आदेश आएको चार दिन बितिसक्दा पनि अभियुक्तहरू पक्राउ नपरेको र सहरमै खुलेआम हिँडिरहेको आरोप लागेको छ।

अदालतको आदेशअनुसार सोनारसँगै त्रिलोकी साह सोनार, सन्तोष उर्फ सुमु प्रसाद सोनार, उत्तम उर्फ दिवस सराफ र महेश उर्फ महेश्वर सराफविरुद्ध पनि पक्राउ अनुमति जारी गरिएको छ।

रामबाबु साह सोनार को जाहेरीका आधारमा दर्ता भएको मुद्दामा प्रमाण नष्ट हुने तथा अभियुक्त फरार हुन सक्ने जोखिम देखाउँदै अदालतले तत्काल पक्राउ गर्न निर्देशन दिएको थियो।

तर आदेश कार्यान्वयनमा ढिलाइ भएको भन्दै पीडित पक्षले कानुनी शासनमाथि नै प्रश्न उठाएको छ। यता प्रहरीले भने अभियुक्तहरूको खोजतलास जारी रहेको जनाएको छ।

सम्बन्धित पोस्टहरुः