गण्डक नहरको अतिक्रमण हटाइने तयारी

वीरगंज , १२ बैशाख –

जिल्ला प्रशासन कार्यालय पर्सा ले गण्डक नहर क्षेत्रमा बनेका अतिक्रमित संरचना हटाउने तयारी गरेको छ।

प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार वीरगंजको गण्डक चोकदेखि जानकी टोल हुँदै इनरवासम्म फैलिएको करिब २६ किलोमिटर नहर क्षेत्रभित्रका घर, टहरा तथा अन्य संरचना हटाइनेछ।

आइतबारदेखि अतिक्रमण हटाउने कार्य औपचारिक रूपमा सुरु गरिनेछ। यसका लागि प्रशासन, सुरक्षा निकाय र सम्बन्धित पक्षबीच समन्वय गरी विशेष कार्ययोजना तयार गरिएको जनाइएको छ।

सम्बन्धित पोस्टहरुः