वीरगंज , १३ चैत्र –
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले छिमेकी देश भारतको औपचारिक भ्रमण गर्ने भएका छन्।
चैत १३ गते प्रधानमन्त्रीमा नियुक्त भएपश्चात् शाहले आफ्नो पहिलो विदेश भ्रमण भारतबाट सुरु गर्ने तयारी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
मन्त्रालयका प्रवक्ता लोकबहादुर थापा क्षेत्रीका अनुसार प्रधानमन्त्री शाहको भारत भ्रमणका लागि भारतीय पक्षबाट निमन्त्रणा प्राप्त भइसकेको छ र हाल भ्रमणको प्रारम्भिक तयारी भइरहेको छ।


