पर्सागढी, १२ वैशाख । ‘मानिसको रगत नालीमा होइन, नाडीमा बगाउनु पर्छ’ मूल नारासहित पर्सा जिल्लाको पर्सागढी नगरपालिका वडा नं. ८ हरपुरमा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
मानव एकता दिवसको उपलक्ष्यमा सन्त निरंकारी मण्डल नेपाल शाखा प्रसौनी भाटा र उपशाखा पर्सागढी नं. पा वडा न ८ हरपुरको सयुक्त आयोजनामा आज भएको रक्तदान कार्यक्रममा १३ महिलासहित ५४ जनाले रक्तदान गरेका छन् ।
सन्त निरंकारी मण्डल नेपाल प्रसौनी भाटाका मुखी महात्मा मुनिलाल साहको अध्यक्षतामा भएको रक्तदान कार्यक्रमको प्रमुख अतिथी संत निरंकारी नेपालका केन्द्रिय कोषाध्यक्ष महात्मा कृष्ण कन्हैया पाठक रहेका थिए ।
रक्तदान कार्यक्रममा ब्रम्हानन्द राम, गणेश राम, गोबिन्द राम, शिवजनम दास, संगीता देवी, रेखा देवी, गीता देवी, कौशिला देवी, बैद्यनाथ पञ्जियार, सुरेन्द्र दासलगायतले रक्तदान गरेका छन् ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र वीरगंजको स्वयंम प्राबिधिक विवेक यादव, निसान्त यादब र शिवजित गिरीले प्राविधिक सहयोग पुर्याएका थिए ।


