search

सरकारको गलत नीतिका कारण उद्योग, व्यापार, व्यवसाय अनेक समस्या झेल्न बाध्य

पढ्न छुटाउनुभयो ?

वीरगंज, ११ साउन/

वीरगंज उद्योग वाणिज्य सङ्घ, मोरङ व्यापार सङ्घ, सिद्धार्थ उद्योग वाणिज्य सङ्घ र नेपालगंज उद्योग वाणिज्य सङ्घले आज संयुक्तरूपमा विज्ञप्ति जारी गर्दै सरकारको गलत नीतिका कारण उद्योग, व्यापार, व्यवसाय अनेक समस्या झेल्न बाध्य भएको आरोप लगाएका छन् ।

वीउवासङ्घमा आज यसै विषयमा आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष अनिलकुमार अग्रवालले भन्सार विभागद्वारा जारी लेबल लगाउने सूचनाको कारण व्यवसायीहरूमा अन्योल र त्रासको वातावरण सिर्जना भएको बताए ।

उनले भन्सार विभागले असार २२ गते जारी गरेको र साउन १ गतेदेखि लागू गरेको लेबलिङ कार्यान्वयनमा ल्याउने भनी जारी गरेको सूचना अस्पष्ट, अव्यावहारिक भएको र आयातका साथै आन्तरिक व्यापारमा यसले नराम्रँे प्रभाव पारेको बताए । उनले विभागद्वारा जारी सूचना अस्पष्ट भएको र यसलाई सरोकारवाला निकायले पनि प्रस्ट पार्न नसकेको बताए ।

अध्यक्ष अग्रवालले लेबलिङसम्बन्धी स्पष्ट प्रावधान, नीति, व्यवस्था र निर्देशिका जारी नभएसम्म लेबलिङ लगाउने प्रावधान स्थगित गर्न माग गरे । पत्रकार सम्मेलनमा उनले केही महीनादेखि भन्सार प्रशासनले राजस्व सड्ढलनको नाममा आयातकर्तालाई दुःख दिइरहेको आरोप लगाए । भन्सार कार्यालयले बिलबिजकको मूल्यको आधारमा भन्सार जाँचपास नगर्ने, वर्षौ पुराना कार्यविधि पुस्तिकाको आधारमा मालवस्तु मूल्याड्ढन गरी जाँचपास गर्ने, वास्तविक मूल्यमा जाँचपास गराउन खोज्दा ५० प्रतिशतसम्म जरिवाना गर्ने, मालवस्तुको वास्तविक हार्मोनिक कोडको आधारमा जाँचपास गर्नुपर्नेमा आफूखुशी हार्मोनिक कोड कायम गरी बढी राजस्व लिने गरेको कारण नेपाली आयातकर्ताहरू पीडित भएको बताए । उनले यस किसिमको अव्यावहारिक र अनुचित कार्य यथाशीघ्र बन्द गरी पैठारीकर्ताले पेश गरेको बिलबिजकको आधारमा भन्सारले मूल्याड्ढन गर्नुपर्ने माग गरे ।

अध्यक्ष अग्रवालले भन्सारबाट जाँचपास भई छुटेका मालवाहक सवारी साधनलाई अनुसन्धानको नाममा पक्राउ गरी राजस्व अनुसन्धान कार्यालयमा पठाउने परिपाटीले पनि आयातकर्ताहरूलाई अनावश्यक दुःख भइरहेको बताए । सबै कागजातका बावजूद भन्सार जाँचपास भएर आएका गाडीहरूलाई प्रहरीले न्यून मूल्याड्ढनको कारण देखाएर राजस्व अनुसन्धान पठाउने परिपाटी जारी भएकोले यसको रोकथाम हुनुपर्ने र गलत गर्नेलाई मात्र कारबाई गर्नुपर्ने बताए । उनले यावत् समस्याको सम्बोधन अविलम्ब नभएको खण्डमा बाध्य भएर आन्दोलन गर्नुपर्ने चेतावनी पनि दिए ।

पत्रकार सम्मेलनमा सङ्घका वरिष्ठ उपाध्यक्ष हरि गौतम, उपाध्यक्ष माधव राजपाललगायतको सहभागिता थियो । संयुक्त विज्ञप्तिमा वीउवासङ्घका अध्यक्ष अग्रवाल, मोरङ उवासङ्घका अध्यक्ष नवीन रिजाल, सिद्धार्थ उवासङ्घका अध्यक्ष ठाकुरकुमार श्रेष्ठ र नेपालगंज उवासङ्घका अध्यक्ष अब्दुलवाहीद अन्सारीले हस्ताक्षर गरेका छन् ।

Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads