search

spot_img
spot_img

नारायणी रंगशालाका लागि बजेट व्यवस्था गरिदिन खेलकुद मन्त्रीसँग मेयर सिंहको आग्रह

पढ्न छुटाउनुभयो ?

वीरगंज
लामो समयदेखि जीर्ण रहेको वीरगंजको नारायणी रंगशाला पुनःनिर्माणका लागि वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले पहल थालेका छन् । मेयर सिंहले शनिबार आफ्नै कार्यकक्षमा नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुलाई स्वागत गर्दै रंगशाला पुनःनिर्माण गर्न अतिआवश्यक रहेकाले बजेटको व्यवस्था मिलाइदिन आग्रह गरे । उनले भने,‘यो रंगशाला पुनःनिर्माणले यस क्षेत्रका युवा तथा खेलप्रेमीका लागि उत्साह थप्नुका साथै खेलकुद गतिविधिमा पनि बृद्धि हुने निश्चित छ, त्यसैले रंगशाला निर्माणका लागि यहाँको सहयोग चाहियो ।’
स्थानीय सरकार एक्लैले चाहेर मात्रै सम्भव नरहेकाले त्यसका लागि संघ सरकारको सहयोग आवश्यक रहेको मेयर सिंहले बताए । मन्त्री लिम्बुले युवा तथा खेलकुदका लागि सरकारले लगानी गरिरहेको भन्दै वीरगंजमा रहेको नारायणी रंगशाला निर्माणमा आफ्नो चासो रहने बताए ।त्यसका लागि संघ, प्रदेश र स्थानीय तीन वटै सरकारको समन्वयमा काम गर्न आफू तयार रहेको पनि उनले बताए । यो रंगशाला संघ सरकार मातहत रहेकाले संघले यसमा लगानी गर्न सँधै तयार रहेको भन्दै आवश्यक योजना बनाएर आउन पनि उनले आग्रह गरे । मेयर सिंहले मन्त्री लिम्बुलाई वीरगंजवासीको तर्फबाट मायाको चिनो समेत प्रदान गरेका थिए ।

Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

दुई सय १२ किलो गाँजासहित चार जना पक्राउ

काठमाडौँ, १४ असारः परवानीपुर गाउँपालिका–५ बहुअरीबाट गाँजा २१२ किलो ९२८ ग्राम सहित ४ जना पक्राउ परेका छन् । ...

सम्बन्धित खबर

- Advertisement -neelambads