search

spot_img
spot_img

बाराबाट २५ किलो गांजासहित एकजना पक्राउ

पढ्न छुटाउनुभयो ?

बारा, कलैया, २१ कात्तिक । जिल्ला प्रहरी कार्यालय बारा, कलैयाले २५ किलो गाँजा सहित १ जनालाई पक्राउ गरेको छ । कात्तिक २० गते राति ९ बजे इलाका प्रहरी कार्यालय निजगढ, बाराबाट खटिएको प्रहरी टोलीले निजगढ न.पा.वडा न. १२ कुलियाबाट गाँजासहित एकजनालाई पक्राउ गरेको हो । प्रहरीले निजगढ नगरपालिका वडा न. १२ वारथली बस्ने वर्ष ५८ को प्रेम बहादुर लोलाई २५ किलो गाँजासहित पक्राउ गरिएको जिप्रका, बाराले जनाएको छ । प्रहरी टोलीलाई देख्नासाथ दुई जना गांजा तस्कर फरार भएका थिए । प्रहरीले २ वटा बोरामा ७ किलोको दरले १४ किलो र एउटा बोरामा ११ किलो जम्मा २५ किलो ग्राम लागू औषध गाँजा बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका प्रेम बहादुर लोलाई बारा जिल्ला अदालतबाट लागू औषध मुद्दामा म्याद थप गरेको छ भने फरार रहेका २ जना व्यक्तिको खोजी भइरहेको जिप्रका, बाराका प्रवक्ता प्र.ना.उ. राजेश थापाले जानकारी गराएका छन् ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

दुई सय १२ किलो गाँजासहित चार जना पक्राउ

काठमाडौँ, १४ असारः परवानीपुर गाउँपालिका–५ बहुअरीबाट गाँजा २१२ किलो ९२८ ग्राम सहित ४ जना पक्राउ परेका छन् । ...

सम्बन्धित खबर

- Advertisement -neelambads