अवैध ई–स्कुटरबारे वीरगंज भन्सारको सूचना, दाबी गर्न आह्वान

1200x150_1200x150-01.jpg (1)

वीरगंज , १७ बैशाख –

वीरगंज भन्सार कार्यालयले अवैध रूपमा नेपाल भित्र्याइएका विद्युतीय सवारी साधन (ई–स्कुटर) सम्बन्धी विस्तृत विवरण सार्वजनिक गरेको छ। भन्सार विभागको निर्देशनअनुसार विभिन्न समयमा नियन्त्रणमा लिइएका स्कुटरहरूको सूची सार्वजनिक गरिएको कार्यालयले जनाएको छ।

कार्यालयका अनुसार भारतबाट आवश्यक भन्सार प्रक्रिया पूरा नगरी तथा वैध कागजातबिनै ल्याइएका विभिन्न ब्राण्डका दर्जनौँ ई–स्कुटर जफत गरिएको हो।

भन्सारले सम्बन्धित सवारीधनी वा दाबीवालालाई स्वामित्व प्रमाणित गर्ने कागजातसहित तोकिएको समयभित्र सम्पर्क गर्न आग्रह गरेको छ। अन्यथा प्रचलित कानुनअनुसार थप कारबाही अघि बढाइने चेतावनी दिइएको छ।

सीमावर्ती क्षेत्रमा पछिल्लो समय भन्सार छलि गरी विद्युतीय सवारी भित्र्याउने क्रम बढेपछि निगरानी कडा पारिएको जनाइएको छ। राजस्व चुहावट नियन्त्रण गर्न यस्ता अवैध आयातविरुद्ध कारबाही जारी रहने भन्सार कार्यालयले स्पष्ट पारेको छ।

सम्बन्धित पोस्टहरुः