राष्ट्रपति पौडेलले जारि गरे अध्यादेश

1200x150_1200x150-01.jpg (1)

वीरगंज , १७ बैशाख –

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले सिफारिस गरेको सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन्।

राष्ट्रपति कार्यालयका अनुसार सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३ संविधानको धारा ११४ को उपधारा (१) बमोजिम जारी गरिएको हो।

राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यका अनुसार मन्त्रिपरिषद्को सिफारिसका आधारमा उक्त अध्यादेश जारी गरिएको हो।

सरकारले सहकारी क्षेत्रमा देखिएका समस्या समाधान तथा व्यवस्थापन सुधार गर्ने उद्देश्यले अध्यादेश अघि बढाएको जनाएको छ।

सम्बन्धित पोस्टहरुः