search

प्रदिप रुङ्गटालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश, अदालतमै बेहोस भएपछि अस्पताल भर्ना

पढ्न छुटाउनुभयो ?

वीरगंज
व्यवसायी शंकर कँडेल आत्महत्या दुरुत्साहन मुद्दाका फरार प्रतिवादी प्रदीपकुमार रुङ्गटालाई जिल्ला अदालत चितवनले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । यससँगै रुङ्गटा अदालत परिसरमै बेहोस भएपछि अस्पताल लगिएको छ । उनलाई उपचारका लागि भरतपुर अस्पताल लगिएको छ । घटनाको तीन महिनापछि आज रुङ्गटा चितवन जिल्ला अदालतमा आफैँ हाजिर भएका थिए । अदालतका स्रेस्तेदार ईश्वर आचार्यले सो मुद्दामा रुङ्गटालाई पुर्पक्षका लागि थुनामा पठाइएको जानकारी दिए । जिल्ला न्यायाधीश डिल्लीराम शर्मा अर्यालको इजलासले उक्त आदेश गरेको हो । व्यवसायी कँडेलले वैशाख १९ गते अनमोल फिल्डको कार्यालय वेलचोकमा झुण्डिएर आत्महत्या गरेका थिए । उनको मृत्युपछि परिवारले रुङ्गटा र जीवन रावल विरुद्ध किटानी जाहेरी दिएको थियो । रावललाई प्रहरी वैशाख २२ गते पक्राउ गरी चितवन पुर्‍याइएको थियो । उनी उच्च अदालतको आदेशबाट धरौटीमा रिहा भएका छन् । कँडेलको मृत्युपछि रुङ्गटा फरार रहँदै आएका थिए । कँडेलले आफूले नेतृत्व गर्दै आएको अनमोल फिड्सको ८५ प्रतिशत शेयर रुङ्गटालाई बिक्री गरेपछि सो समूहले मानसिक तनाव दिएकै कारण आत्महत्या गर्नुपरेको ‘सुसाइड नोट’मा उल्लेख गरेका थिए ।

 

Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads