बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

1200x150_1200x150-01.jpg (1)

वीरगंज, १८ वैशाख । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।
सूचनाको आधारमा २०८३।०१।१७ गते जिप्रका, पर्साको फैसला कार्यन्वयन टोलीले जिल्ला पर्सा वीरगंज महानगरपालिका वडा नं.८ स्थित लुकिछिपि बस्दै आएका वीरगंज महानगरपालिका वडा नं.५ बस्ने वर्ष ४७ को राजेश कुमार गुप्तालाई पक्राउ गरी सम्मानित पर्सा जिल्ला अदालतमा बुझाइएको जिप्रका,पर्साले जनाएको छ ।
गुप्तामाथि सम्मानित पर्सा जिल्ला अदालतको फैसलाले बैंकिङ कसूर मुद्दामा १२ दिन कैद र रू.११ लाख जरिवाना तोकिएका थियो । जिप्रका, पर्साका प्रवक्ता एंव सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु कार्कीले जानकारी गराएका छन्।

सम्बन्धित पोस्टहरुः