२५७० औं बुद्धजयन्ती वीरगंजमा मनाइयो

1200x150_1200x150-01.jpg (1)

वीरगंज, १८ बैशाख ।
२५७०औं बुद्धजयन्तीको अवसरमा वीरगंज बौद्ध समितिले विविध कार्यक्रम आयोजना गरी मनाएको छ।
बुद्ध वन्दना तथा त्रिशरण मन्त्र उच्चारणसँगै गरिएको थियो। त्यसपछि वीरगंजको माइस्थानबाट शान्ति ¥याली निकालिएको थियो । ¥याली घण्टाघर, बसपार्क हुँदै भिस्वा डाँडामा पुगेर समापन गरिएको थियो ।
कार्यक्रम संयोजक रूपेश मानन्धरको अध्यक्षतामा सम्पन्न समारोहका प्रमुख अतिथि मधेश विश्वविद्यालयका उपकुलपति डा. दीपक शाक्य, जसपाल सिंह, राम बहादुर लामा, वीरगंज जेसिजका निवर्तमान अध्यक्ष सरोज चौरसिया, प्याब्सन वीरगंज अध्यक्ष राहुल श्रीवास्तव, वरिष्ठ उपाध्यक्ष सुशिला साह लगायतले भगवान बुद्धका उपदेश आजको विश्वका लागि अझ सान्दर्भिक रहेको बताएका छन् । उनीहरुले हिंसा, द्वन्द्व र अशान्तिबाट ग्रसित समाजलाई बुद्धको करूणा, मैत्री र मध्यम मार्गले मात्र सही दिशा दिन सक्ने उल्लेख गर्दै “बुद्ध केवल एक धर्मका गुरू होइनन, उहाँ सम्पूर्ण मानव जातिका मार्गदर्शक हुनुहुन्छ। बुद्धका विचारलाई व्यवहारमा उतार्न सके समाजमा शान्ति, समानता र सद्भाव कायम हुन्छ।”
कार्यक्रममा डा. शाक्यले युवापुस्तालाई बुद्धका शिक्षा अध्ययन गरी नैतिकता, अनुशासन र मानवीय सेवामा प्रेरित हुन आग्रह समेत गरे।कार्यक्रम सञ्चालन बिपिसीका प्रोफेसर डा. अर्बिन्द श्रेष्ठले गरेका थिए।

भर्खरै

सम्बन्धित पोस्टहरुः