search

spot_img
spot_img

पटेर्वासुगौलीका युवक किन गर्दैछन् दश दिनदेखि अनशन

पढ्न छुटाउनुभयो ?

वीरगंज
पर्सामा एक जना युवक दश दिनदेखि आमरण अनशनमा बसेका छन् । पटेर्वासुगौली–३ सानो देकुलीका रामजन्म ओझैया थारु पटेर्वासुगौलीको बेथितिको विरुद्धमा आमरण अनशनमा बसेका हुन् । गापा तथा गापाका जनप्रतिनिधि विरुद्ध आन्दोलनरत रामजन्म दुई दिन वीरगंजको घण्टाघर,३ दिन गापाको कार्यालय अगाडि आमरण अनशन बसेपछि उनको स्वास्थ्य अवस्था बिग्रेको थियो ।त्यसपछि उनलाई उपचारको लागि नारायणी अस्पताल वीरगंजमा भर्ना गरिएको छ ।
नारायणी अस्पतालको इमरजेन्शी शाखामा उपचाररत रामजन्म सलाइन पानीको सहारामा आमरण अनशन बसिरहेका छन् । जब सम्म उनको माग पुरा हुदैन तब सम्म अनशन नटोडने उनले जनाएका छन् । उनले गापाले यसअघि गरेको कृषि मेशिनरी खरिद गर्न गरेको सम्झौता पालना गर्न,सार्वजनिक सुनवाई गर्न एवं आफुमाथि भएको दुव्यवहार मुद्दामा छानबिन गरी दोषी उपर कारवाहीको माग गर्दै आन्दोलनमा उत्रेका छन ।
यस विषयमा पटेर्वासुगौली गापाका अध्यक्ष दिनेश चौधरीसंग बुझदा उनले नोकरी र बजेटको लागि आफुसंग बार्गेनीङ गरेको र अनशन नौटकी बाहेक केही पनि नभएको प्रतिक्रिया दिए ।उनले यसअघिका गापा अध्यक्षसंग १३ लाख बजेट लिएर कुनै प्रभावकारी काम नगरेको र उनलाई गापामा जागिर लगाउन गाउँलेको विरोध रहेकोले रोजगारी दिन नमिल्ने जवाफ दिए । २८ वर्षिय रामजन्म धरानबाट कृषि इन्जिनियरिङ पढेका छन् ।

Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

दुई सय १२ किलो गाँजासहित चार जना पक्राउ

काठमाडौँ, १४ असारः परवानीपुर गाउँपालिका–५ बहुअरीबाट गाँजा २१२ किलो ९२८ ग्राम सहित ४ जना पक्राउ परेका छन् । ...

सम्बन्धित खबर

- Advertisement -neelambads