वीरगंज ,२३ बैशाख –
वीरगंजको घडिअर्वाबाट दुई दिनदेखि हराइरहेका दुई बालिका भारतको छपरा रेल्वे स्टेशनमा फेला परेका छन्। परिवारजनका अनुसार नाव्या सहनी र आर्या गुप्ता सुरक्षित अवस्थामा भेटिएका हुन्।
बालिका हराएपछि पर्सा–२ का सांसद सुशील कानुले भारतीय प्रहरीसँग समन्वय गरेका थिए। त्यसपछि भारतीय प्रहरीले दुवैलाई उद्धार गरी नियन्त्रणमा लिएको थियो।
प्रहरीले बालिकालाई परिवारजनको जिम्मा लगाएर नेपाल फर्काएको जनाइएको छ। घडिअर्वाका युवा नेता लखन गुप्ता र आर्याका काका लालबाबु कानुलाई जिम्मा दिइएपछि उनीहरू घर फर्किएका छन्।







