संवैधानिक परिषद्को बैठक भोलि बस्दै

1200x150_1200x150-01.jpg (1)

वीरगंज , २३ बैशाख –

प्रधानमन्त्री बालेन्द्र शाहले संवैधानिक परिषद्को बैठक भोलि बेलुका ५ बजे बस्ने गरी आह्वान गर्नुभएको छ। प्रधानमन्त्री नियुक्त भएपछि उहाँले पहिलो पटक परिषद् बैठक बोलाएका छन ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा प्रधानन्यायाधीश नियुक्तिसहित विभिन्न संवैधानिक निकायमा रिक्त पदपूर्तिसम्बन्धी निर्णय हुने अपेक्षा गरिएको छ। प्रकाशमानसिंह राउत सेवानिवृत्त भएपछि सर्वोच्च अदालत नेतृत्वविहीन अवस्थामा रहेको छ।

संवैधानिक परिषद्ले नियुक्तिका लागि सिफारिस गर्ने र संसदीय सुनुवाइपछि राष्ट्रपतिबाट नियुक्ति हुने व्यवस्था छ। हालै ल्याइएको अध्यादेशअनुसार परिषद्का ६ सदस्यमध्ये ३ जनाले निर्णय गर्न सक्ने प्रावधान रहेको छ।

सम्बन्धित पोस्टहरुः