वीरगंज ,२३ बैशाख –
इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को फाइनल मे ३१ मा अहमदाबादस्थित नरेन्द्र मोदी रङ्गशालामा हुने भएको छ। भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) ले प्लेअफको तालिका सार्वजनिक गर्दै यसअघि तय गरिएको बेङ्गलुरुको स्थान परिवर्तन गरिएको जनाएको छ।
मे २६ मा धर्मशालाको एचपीसीए रङ्गशालामा क्वालिफायर–१ हुनेछ भने मे २७ मा न्यू चण्डीगढस्थित महाराजा यादवविन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा एलिमिनेटर खेल हुनेछ। मे २९ मा सोही मैदानमा क्वालिफायर–२ खेलिनेछ।







