वीरगंज , २४ बैशाख –
ट्रान्सफर्मर जडान गर्ने क्रममा विस्फोट हुँदा एक मजदुर गम्भीर घाइते भएका छन् । बहुदरमाई नगरपालिका–३ का ४५ वर्षीय चनरजित राउत अहिर दुर्घटनामा परि घाईते भएका हुन् ।
वीरगंज–२३ स्थित सन तारा इलेक्ट्रिक प्रालिमा कार्यरत अहिर जितपुर सिमरा–२३ भलुईमा रहेको एभरेस्ट छाला कम्पनीमा ट्रान्सफर्मर जडान गर्ने क्रममा घाइते भएका हुन् । विस्फोटबाट उनको शरीरका अधिकांश भाग जलेको बताइएको छ ।
हाल उनको काठमाडौंस्थित वीर अस्पतालमा उपचार भइरहेको छ । पीडित परिवारका अनुसार आर्थिक अवस्था कमजोर भएकाले उपचारमा समस्या भइरहेको छ ।
परिवारले सन तारा इलेक्ट्रिक कम्पनीका सञ्चालक राज यादव र एभरेस्ट छाला कम्पनीका सञ्चालकले उपचारको जिम्मेवारी लिन नमानेको आरोप लगाएका छन् ।







