वरिष्ठ पत्रकार कुशवाहा एनयूजे बिहारका सह-समन्वयक नियुक्त

1200x150_1200x150-01.jpg (1)

वीरगंज , २५ बैशाख –

नेशनल युनियन अफ जर्नालिस्ट्स (इन्डिया) एनयूजे (आई) ले रक्सौल अञ्चलका वरिष्ठ पत्रकार बिपिन कुशवाहालाई बिहार प्रदेशको सह-समन्वयकमा नियुक्त गरेको छ । संगठनका राष्ट्रिय अध्यक्ष रासबिहारी तथा राष्ट्रिय महासचिव प्रदीप तिवारीले उहाँलाई उक्त जिम्मेवारी प्रदान गर्नुभएको हो ।

पूर्वी चम्पारण जिल्लाको रक्सौल ब्लकस्थित भेलाही गाउँ निवासी कुशवाहा लामो समयदेखि एनयूजे (आई) सँग आबद्ध रहँदै आउनुभएको छ । उहाँले संगठनको ब्यानरमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका विभिन्न कार्यक्रम आयोजना गर्दै आउनुभएको छ ।

दुई दशकभन्दा बढी समयदेखि पत्रकारितामा सक्रिय कुशवाहा निडर, स्पष्टवादी र स्वच्छ छविका पत्रकारका रूपमा परिचित हुनुहुन्छ । हाल उहाँ रक्सौल अञ्चल समन्वयकको जिम्मेवारीमा कार्यरत हुनुहुन्छ । संगठनप्रति उहाँको समर्पण र कार्यकुशलतालाई मूल्याङ्कन गर्दै राष्ट्रिय नेतृत्वले सह-समन्वयकको जिम्मेवारी दिएको जनाएको छ ।

नियुक्तिपछि खुसी व्यक्त गर्दै कुशवाहाले राष्ट्रिय नेतृत्वप्रति आभार प्रकट गर्नुभएको छ । उहाँले पत्रकारहरूको सम्मान, हित र अधिकार संरक्षण गर्दै संगठनलाई अझ सशक्त बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँको नियुक्तिपछि पत्रकारवृत्तमा खुसी छाएको छ भने बधाई दिने क्रम जारी रहेको छ ।

भर्खरै

सम्बन्धित पोस्टहरुः