जग्गा खाली गराउने निर्णयविरुद्ध महेन्द्रनगरमा सुकुमवासीको प्रदर्शन

1200x150_1200x150-01.jpg (1)

धनुषा , २५ बैशाख –

धनुषाको महेन्द्रनगरमा सार्वजनिक र सरकारी जग्गा खाली गराउने नगरपालिकाको निर्णयविरुद्ध सुकुमवासीहरूले प्रदर्शन गरेका छन् ।

क्षीरेश्वरनाथ नगरपालिकाले सार्वजनिक जग्गामा रहेका अव्यवस्थित बस्ती हटाउन सूचना जारी गरेपछि स्थानीय सुकुमवासीहरू आन्दोलनमा उत्रिएका हुन् । उनीहरूले आज बिहान जनकपुर–ढल्केवर सडकखण्डअन्तर्गत महेन्द्रनगरको औरही पुलमा सडक अवरुद्ध गर्दै विरोध प्रदर्शन गरेका थिए ।

प्रदर्शनका कारण केहीबेर राजमार्गमा सवारी आवागमन प्रभावित भएको थियो । स्थानीयले वैकल्पिक व्यवस्थाबिना बस्ती हटाउन खोजिएको भन्दै आपत्ति जनाएका छन् ।

सम्बन्धित पोस्टहरुः