search

spot_img
spot_img

१५७ केजी लागूऔषध गाँजासहित सात पक्राउ

पढ्न छुटाउनुभयो ?

वीरगंज, २२ साउन । बारा प्रहरीले एक सय ५७ केजी लागूऔषध गाँजासहित सात जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सिमराको प्रहरी टोलीले आइतवार साँझ जीतपुरसिमरा २२ स्थित अमलेखगंजको जंगलबाट गाँजासहित उनिहरूलाई पक्राउ गरेको हो ।
गाँजा ओसारपसार भईरहेको सूचना पाएपछि प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीको नेतृत्वमा पुगेको प्रहरी टोलीले तीन नेपाली र चार भारतीय नागरिकलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय बाराले पक्राउ परेका व्यक्तिलाई सोमवार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा हेटौडा उपमहानगरपालिका १ का ३९ वर्षीय रोशन नेगी, भिमफेदी गाउँँपालिका ९ का ३० वर्षीय मुकेश लामा, जीतपुरसिमरा उपमहानगरपालिका २२ का ३३ वर्षीय बुद्ध पाख्रिन, भारत मोतिहारीका २३ वर्षीय जमालुद्धिन खान, १८ वर्षीय देव कुमार, ३५ वर्षीय जागिरद्धिन मियाँँ, भारत बहराईजका २६ वर्षीय अहमद भाट रहेका छन् । उनिहरूको साथबाट बा११च ४९९२ नम्बरको स्कोरपियोसहित एक थान भारतीय नम्बर प्लेटलको पिकअप र एक थान भारतीय नम्बरको मोटरसाईकल बरामद गरेको प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए ।
प्रहरी उपरीक्षक बोगटीका अनुसार हेटौडा उपमहानगरपालिका १ का नेगीले नेपाली नम्बर प्लेटको स्कोरपियो गाडीमा ६ बोरा गाँजा राखेर अमलेखगंजस्थित जंगलमा ल्याएको सूचना पाएपछि प्रहरी घटनास्थलमा खटिएको थियो । जंगलभित्रबाटै अर्काे पिकअप गाडीमा राखेर लैजाने योजनासहित नेगीले हेटौडाबाट गाँजा ल्याएको प्रहरी उपरीक्षक बोगटीले बताए ।
नेगीलाई नियन्त्रणमा लिएपछि प्रहरीले भारतीय नम्बर प्लेटको पिकअप गाडी र मोटरसाईकलमा गाँजा लिन आएका व्यक्तिलाई जंगलभित्रैबाट पक्राउ गरेको हो । घटनास्थलबाट पाँच जनालाई पक्राउ गरेको प्रहरीले अन्य दुर्ई जनालाई उनिहरूको बयानका आधारमा पक्राउ गरेको हो ।
प्रहरी उपरीक्षक बोगटीले गाँजा ओसारपसारमा अन्य व्यक्तिको समेत संलग्नता हुनसक्ने देखिएकाले पक्राउ परेका व्यक्तिलाई हिरासतमा राखेर अनुसन्धान शुरू गरिएको बताए । पक्राउ परेका व्यक्तिमाथी लागूऔषध मुद्धामा कारबाई गरिने समेत बोगटीले जानकारी दिए ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

दुई सय १२ किलो गाँजासहित चार जना पक्राउ

काठमाडौँ, १४ असारः परवानीपुर गाउँपालिका–५ बहुअरीबाट गाँजा २१२ किलो ९२८ ग्राम सहित ४ जना पक्राउ परेका छन् । ...

सम्बन्धित खबर

- Advertisement -neelambads