search

spot_img
spot_img

वीरगंजमा सुजुकीको जिम्नी र फ्रोन्क्स कारको विक्री शुभारम्भ

पढ्न छुटाउनुभयो ?

वीरगंजमा सुजुकीको जिम्नी र फ्रोन्क्स कारको विक्री शुभारम्भ
वीरगंज
सुजुकी ब्रान्डको दुई वटा एसयूभी कारको बिक्री वितरण आजदेखि वीरगंजमा शुरु भएको छ । मारुती–सुजुकी कारको आधिकारिक विक्रेता श्री मंगलम इन्टरप्राइजेज पावर हाउस वीरगंजले रु ४० लाख पर्ने फ्रोन्क्स र रु ६० लाख पर्ने जिम्नी ब्रान्डको पेट्रोल इन्जिन कारको विक्री शुरु गरेको हो । पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेल र प्रादेशिक कृषि अनुसन्धान केन्द्र परवानीपुरका निर्देशक डा. विपी यादवले कारको अनावरण गरेपछि विक्री खुल्ला गरिएको श्री मगलम इन्टरप्राइजेजका प्रबन्धक आशित चौधरीले जानकारी गराए । गत असार २९ देखि कारको बुकिङ शुरु भएकोमा देशभरी यी कारहरुको विक्री शुभारम्भ भएको हो ।
नेपालको लागि सुजुकी ब्रान्ड चार पाङ्ग्रे सवारी साधानको आधिकारिक सिजि होल्डिङ्स अन्तर्गतको अटोमोटिभ डिभिजन सिजि मोटोकर्प तथा सिजि एनएक्सटिजिइएन ले ती एसयूभी कारहरुको देशभरीको स्थानीय विक्रेतामार्फत विक्री गर्ने लक्ष्य अनुसार विक्री शुभारम्भ भएको श्री मंगलम इन्टरप्राइजेजकी सञ्चालिका रन्जना देवीले बताइन् । ५–ढोके सुजुकी जिम्नी नेपाल र अन्तर्राष्ट्रिय बजारमा सबैभन्दा प्रतिक्षित कार मध्ये एक हो । यो मोडेलको माग विश्वभर नै निकै रुचाइएको छ । सुजुकी जिम्नी अल्टिमेट अफ रोड एसयूभी हो ।
जुन हेभी–ड्युटी ल्याडर फ्रेम चेसिसमा निर्मित छ । यसमा पर्याप्त बडी एन्गल र ग्राउन्ड क्लियरेन्सको साथ डिजाइन गरिएको कम्पनीले जनाएको छ । यो एसयूभी एक समर्पित उन्नत ४ डब्लुडी प्रणाली,अल ग्रिप प्रो संग आउदछ भने ब्रेक लिमिटेड स्लिप डिफरेंशियल र ३ लिंक रिजिड एक्सल सस्पेन्सन जस्ता अफ– रोड सुविधाहरु समावेश गर्दछ ।
जिम्नीले २२.६८ सेमी स्मार्टप्ले प्रो इन्फोटेनमेन्ट सिस्टम,६ एयरब्याग,इलेक्ट्रोनिक स्टेबिलीटी कन्ट्रोल,अटो टेम्परेचर कन्ट्रोल,हिल डिसेन्ट कन्ट्रोल जस्ता धेरै आधुनिक अरामदायी र सुरक्षित सुविधा समावेश भएको बताइएको छ ।
‘द फेस अफ न्यु एसयूभी’ भनिएको सुजुकी फ्रोन्क्स निकै आकर्षक र स्पोर्टी देखिन्छ भने यसमा रहेको अत्याधुनिक प्रविधिहरुले अरामदायी र सुरक्षित अनुभूति प्रदान गर्दछ । प्रिमियम डिजाइन,नयाँ युगको फिचर्स,अत्याधुनिक सुरक्षित सुविधाहरुले सुसज्जित फोन्क्सले आधुनिक नेपाली ग्राहहरुको लागि सम्पूर्ण माग आपूर्ती गर्ने विश्वास कम्पनी लिएको जनाइएको छ ।

Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

दुई सय १२ किलो गाँजासहित चार जना पक्राउ

काठमाडौँ, १४ असारः परवानीपुर गाउँपालिका–५ बहुअरीबाट गाँजा २१२ किलो ९२८ ग्राम सहित ४ जना पक्राउ परेका छन् । ...

सम्बन्धित खबर

- Advertisement -neelambads