निजगढको होटलमा युवती मृत फेला, दुई जना पक्राउ

1200x150_1200x150-01.jpg (1)

वीरगंज , २६ बैशाख –

बाराको निजगढ नगरपालिका–९ बुद्धचोकस्थित एक होटलमा २५ वर्षीया सीता थिङ मृत अवस्थामा फेला परेकी छन् । गएको राति करिब १० बजे गुरुङ होटलको कोठाभित्र घाइते अवस्थामा रहेको सूचना पाएपछि इलाका प्रहरी कार्यालय निजगढको टोली उनलाई उपचारका लागि सामुदायिक अस्पताल प्रसूति गृहमा लगेको थियो । तर अस्पतालले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

घटनाका बेला होटलको कोठामा १८ वर्षीया अनु सुनार पनि सँगै रहेकी थिइन् । उनीहरूसँग आएका बारा जितपुरसिमरा उपमहानगरपालिका–१६ टाङ्गिया बस्तीका ३५ वर्षीय महेश माझी र ३६ वर्षीय सुनिल बोम्जन घटनापछि फरार भएका थिए ।

जिल्ला प्रहरी कार्यालय बारा र इलाका प्रहरी कार्यालय निजगढको टोलीले प्राविधिक विश्लेषणसहित खोजी अभियान सञ्चालन गर्दै सुनिल बोम्जनलाई टाङ्गिया बस्ती नजिकको जंगल क्षेत्रबाट राति १ बजे र महेश माझीलाई निजगढ–७ माझीटोलबाट बिहान ४ बजे पक्राउ गरेको जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित पोस्टहरुः